नियम ३८
पुरस्कारको प्रयोजनका लागि गणना नहुने
कुनै सुराकीलाई ऐनको दफा २९ बमोजिम पुरस्कार दिंदा निजले सुराकी दिए पश्चात फेला परेको प्रमाणको आधारमा कायम भएको राजश्व चुहावट सम्बन्धी विगोको रकम निजलाई पुरस्कार दिने प्रयोजनको लागि गणना गरिने छैन ।